
काठमाडौं । पार्टीको आन्तरिक मतभेदका कारणा सार्वजनिक टिप्पणीमा उत्रिन थालेका नेकपाका दुई अध्यक्षाबीच साँढे तीन घण्टा लामो भेटवार्ता भएको छ। प्रधानमन्त्री समेत रहेका अध्यक्षा ओलीको निमन्त्रणामा बालुवाटारमा भएको बैठकले पार्टीभित्रको असन्तुष्टी साम्य पार्ने समझदारी गरेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ।
सचिलायका अनुसार दुई अध्यक्षहरुको भेटवार्ताबाट सचिवालय बैठकको एजेण्डा तय भएको छ। शनिबार बिहान ११ बजे बालुवाटारमा बस्ने बैठकको लागि अध्यक्षद्वयले चारवटा एजेण्डा तय गरेका छन्।
पोलिटव्यूरो गठन, केन्द्रीय सदस्यहरुको कार्यविभाजन, विभागको गठन र विविध विषयलाई एजेण्डाको रुपमा तय गरिएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ।
नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकता हुँदा तीन महिनाभित्र सबै तहको एकता टुंग्याउने भनिएपनि १३ महिनासम्म टुंगिन सकेको छैन। नेकपाले एक सय ४७ सदस्यीय पोलिटव्यूरो गठन गर्ने भनेपनि सदस्यको मापदण्डमा विवाद बढेपछि अहिलेसम्म गठन हुन सकेको छैन।
केन्द्रीय सदस्यहरुको जिम्मेवारी बाडफाँट नहुँदा असन्तुष्टि बढिरहेको छ। नेकपाले ३२ केन्द्रीय विभाग र २१ भातृ संगठन राख्ने निर्णय गरेपनि त्यसलाई टुंग्याउन सकेको छैन।
पछिल्लो समय त नेकपाभित्र सत्ता साझेदार र मन्त्री मण्डल पुर्नगठन गर्ने विषयमा विवाद देखिएको छ। सचिवालयमा पार्टीको विवाद र असन्तुष्टिको विषयमा पनि छलफल हुने बताइएको छ।
प्रतिक्रिया दिनुहोस