aarthiknews.com शुक्रबार, २९ जेठ २०८३   Friday, 12 June, 2026
 

हवाई यात्रा महगो भयो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ०८ फागुन २०७७
हवाई यात्रा महगो भयो

काठमाडौं । हवाई सेवा प्रदायक कम्पनीको छाता सङ्गठन वायुसेवा सञ्चालक सङ्घ नेपालले हवाई इन्धनको मूल्य बढेसँगै हवाई भाडामा केही वृद्धि गरेको छ । 

नेपाल आयल निगमले गत फागुन ४ देखि लागू हुने गरी हवाई इन्धनमा प्रतिलिटर दुई बढाउने निर्णय गरेकाले हवाई इन्धनको मूल्य जे–जति घटबढ हुन्छ सोही अनुपातमा स्वचालित प्रणालीअनुसार मूल्य लागू गर्ने निर्णय भएको हो 

निर्णयअनुसार सङ्घमा आबद्ध वायु सेवा कम्पनीले फागुन ८ गतेदेखि नयाँ इन्धन मूल्य लागू गर्नेछन् । सो विषयमा नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणबाट स्वीकृतसमेत प्राप्त भई आएकाले हवाई इन्धनको मूल्य समायोजन गरिएको सङ्घले जनाएको छ । नयाँ मूल्यअनुसार साविकको प्रतिलिटर रु ६५ बाट वृद्धि भई ६७ कायम गरिएको छ। 

हवाई इन्धनको मूल्य बढेकाले सबै गन्तब्यको उडानमा थोरै मात्रामा हवाई भाडादर वृद्धि गरिएको सङ्घका प्रवक्ता योगराज कँडेल शर्माले बताए । उनका अनुसार हवाई इन्धनको मूल्य बढेअनुरुप सबैभन्दा लामो गन्तब्य अर्थात् काठमाडौं–धनगढीका लागि ९० बढेको छ ।  काठमाडौँबाट सबैभन्दा नजिकको गन्तब्यमा न्यूनतम १० वृद्धि गरिएको छ भने काठमाडौँबाट हुने पर्वतीय उडानमा ७० बढेको छ । 

प्रतिक्रिया दिनुहोस