aarthiknews.com विहीबार, १२ असार २०८२   Thursday, 26 June, 2025
 

कुन फलफूल तथा तरकारीमा कति जीवनाशक विषादी ?

  • आजको राजधानी दैनिकबाट
    आजको राजधानी दैनिकबाट
  • शनिबार, ०८ फागुन २०७७
कुन फलफूल तथा तरकारीमा कति जीवनाशक विषादी ?

काठमाडौ । सरकारले पहिलो पटक तरकारी र फलफुलमा जीवनाशक विषादी अवशेषको अधिकतम सिमा निर्धारण गरेको छ । तरकारी र फलफुल गरी दश वटा वस्तुमा पहिलो पटक जीवनाशक विषादी अवशेषको अधिकतम सिमा निर्धारण गरी गतमहिना २६ गते राजपत्रमा प्रकाशित गरेको हो ।

स्याउ, केरा, करेला, भन्टा बन्दा, कोभी, भिन्डी,आलु,टमाटर र चियामा जीवनाशक विषादी अवशेषको अधिकतम सिमा निर्धारण छ । यसअघि अन्य खाद्य वस्तुमा गुणस्तर मापदण्ड निर्धारण जीवनाशक विषादीको सिमा निर्धारण गरेको भएता पनि हरियो तरकारी तथा फलफुलमा जीवनाशक विषादी अवशेषको अधिकतम सिमा निर्धारण गरेको थिएन ।

राजपत्रमा प्रकाशित मापदण्ड अनुसार बन्दामा ३५ वटा जीवनाशक विषादीको अवशेषको अधिकतम सीमा निर्धारण गरेको छ  भने करेलामा १, भन्टामा २१ वटा जीवनाशक विषादीको अवशेषको अधिकतम सिमा तोकिएको छ । यसैगरी काउलीमा १३, भिण्डीमा ४, आलुमा ७१ ,स्याउमा २७, केरामा ४२,वटा जीवनाशक विषादीको अवशेषको अधिकतम सीमा निर्धारण गरेको छ । 

यसैगरी चियामा १९ वटा अवशेषको अधिकतम सीमा तोकिएको छ । सरकारले निर्धारण गरेको सिमा भन्दा बढी विषादीको मात्रा प्रयोग गरेको देखिए खाद्य ऐन २०२३ अनुसार पाँच वर्ष कदै वा ५० हजार रुपैयाँ जरिमाना वा दुवै सजाय हुनेछ । 

प्रतिक्रिया दिनुहोस