aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

एटिमबाट प्लाष्टिक म्याग्नेटिक कार्ड प्रयोग गरि २० लाख पैसा निकाल्ने फन्दामा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०६ असार २०७६
एटिमबाट प्लाष्टिक म्याग्नेटिक कार्ड प्रयोग गरि २० लाख पैसा निकाल्ने फन्दामा

काठमाडाैं । प्लाष्टिक म्याग्नेटिक कार्ड प्रयोग गरि २० लाख बढी रकम एटिमबाट निकाल्ने राजु कुमार पाण्डे पक्राउ परेको छ । अनाधिकृत र ग्रैहकानुनी रुपमा फ्रड प्लाष्टिक म्याग्नेटिक कार्ड प्रयोग गरी बैंक एटिएमबाट पैसा निकाल्ने कार्यमा संलग्न काठमाडौं

महानगरपालिका(३१ बस्ने बारा पिपरपानी(७ घर भएका ३३ वर्षीय राजु पाण्डेलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो । 

राष्ट्रिय वाणिज्य बैंकको काठमाडौं उपत्यकास्थित बिभिन्न एटिएम बुथबाट विभिन्न कार्डहरु प्रयोग गरी २० लाख रुपैयाँ भन्दा बढि रकम निकाल्ने कार्यमा संलग्न पाण्डेलाई केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । 

पाण्डेको साथबाट विभिन्न बैंकका डेविड कार्ड, मास्टर कार्ड र भिषा कार्ड समेत गरी १२ थान, मोबाइल २ थान, ल्यापटप २ थान, नगद  ६ लाख ८६ हजार रुपैयाँ र बा।७३ प ७६८५ नम्बरको मोटरसाइकल समेत प्रहरीले कब्जामा लिएको छ । 

पाण्डेले ठमेलमा चिनजान भएका ३ जना रोमानियन नागरिकसँग मिलेर उक्त बैंकका एटिएम बुथबाट अनाधिकृत रुपमा रकम निकाल्ने गरेको खुल्न आएको छ । उक्त रकम उनीहरुले आपसमा बाँडफाँड गर्ने गरेको अनुसन्धानबाट खुल्न आएको र हाल तीनै जना  रोमानियन नागरिकले नेपाल छोडी सकेको बुझिएको उक्त व्यूरोले जनाएको छ । 
 

प्रतिक्रिया दिनुहोस