
काठमाडौं । बिमालेख धितो राखेर बैंक तथा वित्तिय संस्थाबाट ऋण लिन नपाइने भएको छ । यसका लागि आवश्यक सहयोग र समन्वय गरिदिन बिमा क्षेत्रको नियमक निकाय बिमा समितिले राष्ट्र बैंकलाई आग्रह गरेको छ ।
पछिल्ला दिनमा व्यक्तिगत बिमालेख धितो राखेर बैंक् तथा वित्तिय संस्थाबाट ऋण लिने प्रवृती बढेको छ, जुन कानुन विपरित हो । यहि प्रवृती रोक्न राष्ट्र बैंकलाई आग्रह गरिएको बिमा समितिका कार्यकारी निर्देशक राजु रमण पौडेलले बताए ।
‘बिमालेख धितो रोखेर कर्जा लिने प्रवृति रोक्न आवश्यक सहयोग त था समन्वय गर्न गत मंगलबार राष्ट्र बैंकलाई पत्र लेखेका छौं ।’ उनले भने, ‘बिमालेखको धितोमा कर्जा दिनु बिमा ऐन विपरित हो ।’
प्रतिक्रिया दिनुहोस