aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

फेकनको नयाँ अध्यक्षमा बासु नेपाल निर्वाचित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०९ फागुन २०७७
फेकनको नयाँ अध्यक्षमा बासु नेपाल निर्वाचित

काठमाडौं । स्वतन्त्र शैक्षिक परामर्र्श संघ नेपाल (फेकन)मा बासुदेव नेपाल समूह अध्यक्ष सहित बहुमत पदमा जित्न सफल भएको छ । शनिबार सम्पन्न  १० औं साधारण सभाले फेकनको नयाँ कार्यसमितिमा नेपाल समूहबाट अध्यक्ष, उपाध्यक्ष र कोषध्यक्ष सहित ८ पदमा जित हासिल गरेको हो ।  

फेकनको १० औं साधारण सभामा बासु नेपाल र भुपाल तामाङ गरि दुई समूह बनाएर चुनावी मैदानमा होमिएको थियो । करिब २ सय जना प्रतिनिधि रहेको साधारण सभाले अध्यक्षमा बासुदेव नेपाल, उपाध्यक्षद्वय प्रज्वल बस्नेत र हेमन्तराज दुलाललाई निर्वाचित गरेको हो । 

महासचिवमा राजु निरौला, सचिवद्वयमा उमेश कुश्वार र छविन्द्र ओझा, कोशाध्यक्षमा अनिल शर्मा पौड्याल र सदस्यहरुमा ईन्द्रजित गौतम, रेश्मा राजथला, सविन खड्का, सुदेश पोखरेल, दिनेश न्यौपाने र दिपा लामिछानेलाई चयन भएका छन ।

प्रतिक्रिया दिनुहोस