
घोराही उपमहानरपालिका २ रामपुर पलाँसेका टेकबहादुर चौधरी स्वर्गद्वारी आश्रमका गुठी किसान हुन् ।
तीन पुस्तादेखि सोही आश्रमकै गुठी जमिनमा उनको परिवार आश्रित छ ।
उनले आश्रयको एक बिघा जमिनको मालिक आफूलाई मान्दै आएका छन् । तर सो जमिनको मोही पुर्जा उनीसँग छैन । कहाँ कोसँग छ भन्ने पनि थाहा छैन ।
'जग्गा मेरो नाममा पास गराइदिने भन्दै धेरै वर्ष अघि केहि टाठाबाठाले पुर्जा लागेका हुन्,' उनले भने ,'अझै सम्म फिर्ता पाएको छैन।' यसरि किसानको नाममा जग्गा पास गरिदिने भन्दै मोही पुर्जै गायब पारिएको समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ।
प्रतिक्रिया दिनुहोस