aarthiknews.com बुधबार, ०४ असार २०८२   Wednesday, 18 June, 2025
 

भारतमा चीनको ठूलो मात्रामा लगानी भित्रीदै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ११ फागुन २०७७
भारतमा चीनको ठूलो मात्रामा लगानी भित्रीदै

एजेन्सी । केही दिन यता भारत र चीन फेरि एकचोटि आर्थिक प्रगतिमा हातेमालो गर्न एकै ठाउमा देखिएका छन् । आफ्ना सिमामा  सैनिक तनाव चलिरहेकै बेला उनीहरु विच वर्ता भएको थियो । सो वार्ता मार्फत उनीहरु बिच सिमामा शान्ति बनाउने सहमती गरेका थिए ।

विश्लेषनात्मक रुपमा नियाल्दा एसियाका यि दुवै मुलुक महत्वकांसी  मात्र नभएर सम्भावित सार्मथ्य भएका देशहरु हुन् । तनावले दुवै देशको हित नगर्ने देखेरनै हुनु पर्छ उनीहरु आपसमा मिलेर अघि बढ्न चाहेको देखिएको छ । 

शान्पिूर्ण रुपमा अघि बढ्ने सहमतिको नतिजा स्वरुप भारतले चिनको ४५ वटा प्रस्तावमा  लगानि गर्ने प्रस्तावमा  स्वीकृती जनाएको छ । त्यसै प्रस्ताव मध्य चीनको गे्रट वाल मोटर र सायइक मोटर कोर्प  (SAIC Motor Corp) जस्तो ठूलो कार कम्पनिहरुले पनि भारतमा लगानि गर्ने भएका छन् । 

भारत र चिनको आपसी स्वार्थका निमित्त भइरहेको सझेदारी नेपालका लागी व्यापारीक द्रिष्टिले मात्र नभएर कुनीतिक द्रिष्टिले पनि महत्वपूर्ण घट्नाक्रम हो । तरल राजनैतिक अवस्थालाई व्यवस्थापन गर्दै छिमेकी बिच विकास हुदै गएको व्यापारिक सझेदारीलाई अवसरमा परिवर्त गर्ने नेपालको अगामि योजना हुनपर्छ ।
 

प्रतिक्रिया दिनुहोस