काठमाडौं । भारतीय चुनावताका अस्वाभाविक रुपमा बढेको तरकारीको भाउँ घट्न थालेको छ । बैशाख दोस्रो सातादेखि जेठ तेस्रो सातासम्म कतिपय तरकारीको मूल्य चार गुणासम्मले बढेकोमा अहिले आएर अधिकांश तरकारीको मूल्य करेक्सन भएको हो ।
गत सातायता मात्र गोलभेंडा, बोडी, भण्टा, परवर, काउलीलगायतका तरकारीको मूल्य घटेको छ । अन्य तरकारीको मूल्यमा पनि झिनो अन्तर देखिन्छ ।
भारतीय चुनावताकाको तुलनामा भने अधिकांश तरकारीको मूल्य घटेको छ । तरकारी आपूर्ति कम हुने समयमै चुनावका कारण भारतबाट तरकारी आवागमनमा अवरोध हुँदा मूल्य आकासिएको थियो । कारोबार दैनिकमा समाचार छ ।
प्रतिक्रिया दिनुहोस