
काठमाडौं । सर्वोच्चले संसद विघटन गर्ने प्रधानमन्त्रीको निर्णय उल्ट्याएपछि नेकपाका दुबै गुटले आफ्नो रणनीति बनाउदै छन् । नेकपाको प्रचण्ड– नेपाल समूहले सर्वोच्च अदालतको फैसलाको स्वागत गर्दै आज देशैभर विजय जुलुस निकाल्ने भएको छ ।
राजधानीको शान्तिबाटिकामा दिउँसो १२ बजे जुलुस निकालिने प्रचण्ड– नेपालका कार्यकताले जनाएका छन । त्यस्तै संसद विघटन बदर गरेपछि ने प्रचण्ड(माधव समूहले संसदीय दलको बैठक बोलाएको छ ।
त्यस्तै, नेकपा ओली समूहको स्थायी कमिटिको बैंठक बैठक पनि आज बस्दै छ । बिहान ११ बजे स्थायी कमिटी बैठक बोलाएको प्रधानमन्त्री ओलीको सचिवालयले दनाएको छ।
प्रतिक्रिया दिनुहोस