काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगभित्र दुई जासुस संयन्त्रलाई समान्तार रुपमा सक्रिय पारिएको छ ।
घुसलगायत गैरकानुनी लेनदेन गतिविधिमा संलग्न सार्वजनिक पद धारणा गरेका कर्मचारीमाथि निगरानी गर्न आयोगले एसपीको कमान्डमा सादा पोशाकका प्रहरीलाई स्टिङ अपरेसन मार्फत परिचालन गर्दै आएकोमा प्रमुख आयुक्त नवीनकुमार घिमिरेले आफ्नै कर्मचारीमाथि निगरानी गर्न प्रतिजासुस युनिट गठन गरेका हुन् ।
स्टिङअपरेसनको नेतृत्व पछिल्लो समय एसपी हेम थापाले गरेका छन् । प्रतिजासुस संयन्त्र भने अर्का एसपी प्रवीण पोखरेलको नेतृत्वमा छ । तत्कालिन प्रमुख आयुक्त लोकमानसिंह कार्कीले पनि कर्मचारीदेखि पदाधिकारीसम्मको निगरानीमा खटाएका थिए ।
आयोगबाट कार्की बाहिरिएसँगै प्रतिजासुस संयन्त्र हटेको थियो । तर पछिल्लो पटक प्रमुख आयुक्त घिमिरेले पनि कार्कीकै पालााम जसरी सुराकी परिचालन गर्न जासुज संयन्त्र बनाएका हुन् । आजको नागरिक दैनिकमा समाचार छ ।
प्रतिक्रिया दिनुहोस