aarthiknews.com विहीबार, ०५ असार २०८२   Thursday, 19 June, 2025
 

कुनैपनि हालतमा प्रधानमन्त्रीको राजीनामा आउँदैनः शिक्षामन्त्री

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १२ फागुन २०७७
कुनैपनि हालतमा प्रधानमन्त्रीको राजीनामा आउँदैनः शिक्षामन्त्री

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले कसैले राजीनामा माग्दैमा प्रधानमन्त्री केपी ओलीले राजीनामा नदिने बताएका छन् । सिटिइभीटीको ३३ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 

उनले भने, राजिनामा दिने हामी कायर हो, कुनै पनि हालतमा राजिनामा आउदैन । प्रधानमन्त्रीले अविश्वासको प्रस्ताब फेस गर्नुहुन्छ । संसद सुचारु भएपछि प्रकृयामा जाने र सोही आधारमा प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी ओलीले फेस गर्ने बताए । उनले भने, ‘अदालतले गरेको निर्णयलाई हामीले सम्मान गर्छौै तर यो निर्णयले झन् विवाद बढाएको छ । हामी जनताबाट आएका हौ, जनताले नै अहिलेको संकटकालीन अवस्थाको मुल्याङकन गर्नेछन् ।’

संसद् पुनःस्थापना भएलगत्तै केही नेताले केहीलाई प्रधानमन्त्रीको सपना बाँडेको उल्लेख गर्दै उनले सपना बाँड्दैमा कोहीपनि प्रधानमन्त्री हुन नसक्ने स्पष्ट पारे । 

प्रतिक्रिया दिनुहोस