aarthiknews.com बुधबार, १५ जेठ २०८२   Wednesday, 28 May, 2025
 

घुस लिएको आरोपमा प्रहरी सहायक निरीक्षक पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०८ असार २०७६
घुस लिएको आरोपमा प्रहरी सहायक निरीक्षक पक्राउ

सुनसरी  । घुस लिँदै गरेको आरोपमा सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकास्थित प्रहरी चौकीका इञ्चार्ज प्रहरी सहायक निरीक्षक पदम कटुवाललाई अख्तियारको टोलीले पक्राउ गरेको छ ।
 
उनलाई शनिबार दिउँसो अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीबाट खटिएको टोलीले  सात हजार रुपैयाँ घुस लिँदै गरेको अवस्थामा पक्राउ गरेको हो । दाजुभाइमा घरायसी विवाद हुँदा विपक्षीलाई पक्राउ गर्ने  नाममा कटुवालले घुस मागेपछि पीडितले अख्तियारमा खबर गरेका थिए । सो पीडितको उजुरीका आधारमा पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुँयालले  सात हजार घुस रकमसहित अख्तियारको टोलीले कटुवाललाई नियन्त्रणमा लिएको बताइएको  छ । प्रहरी सहायक निरीक्षक कटुवालमाथि प्रहरीले पनि आवश्यक अनुसन्धान शुरु गरिएको उनले बताए ।
 

प्रतिक्रिया दिनुहोस