aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

परिक्षा बोर्ड कर्मचारीको आन्दोलनका कारण कक्षा १२ का विद्यार्थी अलपत्र

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १२ फागुन २०७७
परिक्षा बोर्ड कर्मचारीको आन्दोलनका कारण कक्षा १२ का विद्यार्थी अलपत्र

काठमाडौं । राष्ट्रिय परिक्षा बोर्डका कर्मचारीको आन्दोलनका कारण कक्षा १२ का विद्यार्थीहरुको मार्कसीट छपाईमा ढिला भएको छ । फागुन १ गतेभित्र देशभरीका कलेजमा मार्कसीट पुर्याउने भने पनि बोर्डका कर्मचारीले आफ्नो तलबभन्दा कटौति गरेको विषयलाई लिएर आन्दोलन गरेका कारण मार्कसीट छफाई नै रोकिएको बोर्डका एक कर्मचारीले बताए । ति कर्मचारीका अनुसार सबै जना आन्दोलनमा छौं, अब पहिला जति मार्कसीट छपाई भएको थियो उक्त मार्कसीटमात्रै कजेलहरुमा गइरहेको छ ।

विदेश जान तयारीमा रहेका विद्यार्थी हुन वा स्नातक अद्यायनका लागि भर्न गर्न यो वर्ष शैक्षिक सत्र नै अलपत्र परेका बेलामा फेरि परिक्षा बोर्डका कारण मार्कसीट वितरण ढिला भएपछि विद्यार्थीहरुको शैक्षिक सत्र थप अलपत्र परेको छ । 

 अब कर्मचारी आन्दोलनमा रहेकाले माग पुरा नभएसम्म थप मार्कसीट नछाप्ने कर्मचारीले बताएको ती कर्मचारीले जानकारी दिए । यता बोर्डका प्रवक्ता जंगबहादुर अर्यालले भने कर्मचारीहरुका माग लगायतका विषयलाई सम्बोधन गर्न छलफल भइरहेको बताए । 

प्रतिक्रिया दिनुहोस