
काठमाडौं । संवैधानिक इजलासमा रही प्रतिनिधिसभा पुनस्र्थापना गर्न आदेश दिएका प्रधान न्यायाधीशसहित पाँचैजना न्यायधीशहरुले बुधबार कुनै पनि मुद्दा सुनुवाई गरेनन् । सर्वोच्च अदालत स्रोतले दिएको जानकारी अनुसार प्रधानन्यायाधीशसहित पाँचैजना न्यायाधीशहरु विदामा बसेका थिए ।
सर्वोच्चमा बुधबार १२ जना न्यायधीशहरुको मात्रै इजलास रहेको थियो । संवैधानिक इजलासमा रहेका पाँचैजना न्यायाधीशहरु अझै दुई तीन दिनसम्म बिदामा रहने बताइएको छ ।
संवैधानिक इजलासमा रहेकामध्ये प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणा र न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबाहदुर केसी छन् । आजको नेपाल समाचारपत्र दैनिकमा यो खबर प्रकाशित छ ।
प्रतिक्रिया दिनुहोस