aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

यीनै हुन् नक्कली रक्षामन्त्री बनेर ९० मिलियन डलर चोर्ने चोर

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०८ असार २०७६
यीनै हुन् नक्कली रक्षामन्त्री बनेर ९० मिलियन डलर चोर्ने चोर

एजेन्सी । फ्रान्समा फर्जी रक्षामन्त्रीले ८० मिलियन यूरो चोरेका छन् । सन् २०१५ देखि फ्रान्सका रक्षामन्त्री जँ युव ल द्रिआँ बनेर एक व्यक्तिले ८० मिलियन यूरो (९० मिलियन अमेरिकी डलर) बैंकबाट झिकेका हुन् । यसमा आगा खान र शातो मागो वाइनका मालिक लगायतका थुप्रै व्यक्ति पनि पीडित भएका छन् । 

बैंकले उक्त रकम रक्षामन्त्रीले नै झिकेको विश्वास गर्दै आएको थियो । इस्लामिक संगठनले खाडी क्षेत्रमा बन्दी बनाएका पत्रकारलाई मुक्त गर्न उक्त रकम झिकिँदा पनि बैंक बेखबर थियो। फ्रान्सले बन्धक बनाइएका व्यक्तिका लागि आधिकारिक रूपमा फिरौती रकम दिँदैन। नक्कली मन्त्रीले उक्त रकम चीनमा सार्न भनेका थिए। उनले यस्तै धन्दा गर्दै आएका थिए।

‘यो घटनामा सबै कुरा अपवाद देखिएको छ’, ल द्रिआँका तत्कालीन वकील तथा हाल फ्रान्सकी विदेशमन्त्री दल्फीँ मइलले भनिन्, ‘उनीहरूले पदमै रहेका मन्त्रीको नक्कल गर्ने आँट गरे। त्यसकै आधारमा बैंकका निर्देशकलाई प्रभावमा पारे र ठूलो रकम झिक्न सफल भए।’ किन चोरले मन्त्री द्रिआँलाई नै छाने भन्ने विस्तृतमा खुलाएका छैनन्।

फिरौतीको रकम रक्षामन्त्रीले नै माग गर्न सक्ने अनुमानमा चोर फर्जी मन्त्री द्रिआँ बनेको हुनसक्ने बताइएको छ। केहीले भने रक्षामन्त्री सुरक्षालाई ख्याल गरी यस्तो गरिएको हुनसक्ने बताएका छन्।

हाल उक्त मुद्दा विशेष अदालतमा पुगेको छ। गिलबर्ट चिकलीलाई मुख्य मानेर छानबिन भइरहेको छ। हाल उनलाई पेरिसस्थित जेलमा राखिएको छ। यूक्रेनले सुपुर्दगी गरेपछि पेरिस ल्याइएको हो। संगठित रूपमा धोखा दिएको र नक्कली काम गरेको आरोप लगाइएको छ।

प्रतिक्रिया दिनुहोस