
काठमाडौं । राष्ट्रिय गौरवको सुनकोसी मरिन डाइभर्सन बहुउद्देश्य आयोजनाको सुरुङ निर्माण ठेक्क चिनियाँ कम्पनीले पाएको छ । भेरी बबई बहुउद्देश्यी सिँचाइ आयोजनामा जस्तै टनेल बोरिङ मेसिन मार्फत सुरुङ निर्माण हुन लागेका हो ।
आयोजनाको ठेक्का चिनियाँ कम्पनी चाइना ओभरसिज इन्जिनियरिङका अनुसार २७ महिना भित्र १३.३ किलोृमिटर सुरुङ सम्पन्न गर्ने गरि ठेक्का लिएको हो ।
१४ कम्पनी बोलपत्रमा सहभागी भएकोमा प्राविधिकरुपमा योग्य छानिएका चारमध्ये सबैभन्दा कम १० अर्ब ५ करोड ६८ लाख ३७ हजारमा चिनियाँ कम्पनीले ठेक्का पाएको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस