
एजेन्सी । भारतीय रिजर्व बैंक (आरबीआई) तिव्र रुपको टेक्नोलोजीमा अगाडि बढ्न लागेको छ । गभर्नर शक्तिकान्त दासका अनुसार भारतीय केन्द्रीय बैंक डिजिटल मुद्रामा काम गरिरहेको बताएका छन । उनले भने, 'हामी विश्वमा फैलिरहेको प्रविधिको क्रान्तिकारी फड्कोमा पछाडि पर्न चाहदैनौं ।'
बम्बई चेम्बर अफ कमर्स (बीसीसी) को १८५ औं स्थापना दिवसमा बोल्दै गभर्नरले भने, 'आरबीआईले क्रिप्टोकरन्सी सम्बन्धी रिजर्भेसन राख्छ र डिजिटल मुद्रामा केन्द्रीय बैंक काम गरिहेको छ । यद्यपि क्रिप्टोकरन्सीबाट धेरै फरक हुनेछ । हालको समयमा ब्लकचेन टेक्नोलोजीको फाइदा उठाउदै भुक्तानी प्रणालीमा ठूला रूपान्तरण गर्नु आवश्यक छ । यद्यपि हामीसँग क्रिप्टोकरन्सीको बारेमा धेरै चिन्तित छौं ।'
प्रतिक्रिया दिनुहोस