
बुटवल । रुपन्देहीको सैनामैनामा बसको ठक्करबाट दुई जनाको ज्यान गएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सैनामैना नगरपालिका–६, कलोनीमा गएराति बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार २ जनाको घटनास्थलमै ज्यान गएको हो ।
महेन्द्रनगरबाट काठमाडौं जाँदै गरेको ना ७ ख ५९४८ नम्बरको बसले लु ८ प ८४७५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मोटरसाइकललाई बसले ठक्कर दिएपछि मोटरसाइकलमा आगो लाग्दा दुवै जनाको जलेर ज्यान गएको र उनीहरुको पहिचान हुन नसकेको इलाका प्रहरी कार्यालय, सालझण्डीका प्रमुख इन्स्पेक्टर रवीनराज मैनालीले जानकारी दिए ।
कागजपत्र जलेर नष्ट भएकाले मृतकको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ । शव लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा राखिएको छ । घटनाबारे अनुसन्धान गर्न प्रहरीले बस र चालकलाई नियन्त्रणमा लिएको छ छ ।
प्रतिक्रिया दिनुहोस