वीरगन्ज । जनता समाजवादी पार्टिका केन्द्रिय सदस्य एवम प्रतिनिधिसभा सदस्य (सांसद) प्रदीप यादव र भारतको केन्द्रीय सरकारका स्वास्थ्य तथा परिवार कल्याण मन्त्री डा.हर्षबर्धनबिच दिल्लीको स्वास्थ्य मन्त्रालयमा भेटवार्ता भएको छ । उक्त भेटबार्तामा नेपालको वीरगन्जमा भारतमा आधुनिक उपचारको लागि विश्वस्तरमा चिनिएको संस्था ‘अल इण्डिया इन्टिच्युट अफ मेडिकल साइन्स’ (एआइएमएस) हस्पिट दिल्लीको शाखा नेपालको वीरगन्ज स्थापना गर्नसमेत सांसद सादवले मन्त्री बर्धनसंग बिशेष माग राखेका थिए ।
भारतको अनौपचारिक भ्रमणमा राजधानी दिल्ली पुगेक सांसद यादवले बर्तमान संकटपूर्ण घडीमा भारत सरकारले १० लाख डोज कोरानोको खोप सहायता स्वरुप प्रदान गरकोमा धन्यवाद व्यक्त गरे ।
त्यस्तै भारतले नेपालमा भुकम्प बाढी पहिलो र अन्य संकटको बेला नेपाललाई सहयोग गर्दै आएको प्रसंगसमेत जोड्दै भारत सरकार र त्यहाँको स्वास्थ्य मन्त्रालयलाई सासद यादवले धन्यवाद व्यक्त गरेका थिए । भारतमा सत्तारुढ भारतीय जनता पार्टीको बिहार प्रान्तका उपाध्यक्ष एवं मुज्जफरपुरका लोकसभा सदस्य (सांसद) अजय निषाद लगायतका नेताहरुको बिशेष उपस्थिती रहेको थियो ।
स्वास्थ्य मन्त्रीलाई ज्ञापनपत्र दिदै नेपालको तराइ तथा भारतीय सिमावर्ती जनताहरुको अत्याधुनिक स्वास्थ्य सेवा प्रदान गर्ने उदेश्यका साथ प्रदेश नम्बर २ को सरकारसंग सहकार्य गर्दै एआइएमएस हस्पिटलको शाखा उपलब्ध गराउन अनुरोध गरेका थिए । उक्त हस्पिटलले हालसालै भारतका बिभिन्न पाँच सहरमा शाखा स्थापना गरेको छ ।
मिडिया फोर बोर्डर हार्मोनी भारतका संरक्षक रहेका सासद अजय निषादले वीरगन्जमा एआइएमएस हस्पिटलको शाखा स्थापना गर्दा नेपाल र भारतका लाखौ सिमावर्ती जनताहरु दिल्ली धाउनु पर्ने बाध्यता समाप्त हुने बताए । साँसद निषादले बिशेष पहल गरिदिनुहुन मन्त्री हर्षबर्धनलाई सल्लाह दिएका थिए । मन्त्री हर्षबन नेपाली जनताको लागी भारत सरकार र आफुबाट हुन सक्ने सक्दो सहयोग प्रदान गर्ने आश्वासन व्यक्त गरेका थिए ।
प्रतिक्रिया दिनुहोस