aarthiknews.com बुधबार, ०४ असार २०८२   Wednesday, 18 June, 2025
 

प्रत्येक अमेरिकी नागरिकको भागमा ७२,३०९ डलर ऋण

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, १५ फागुन २०७७
प्रत्येक अमेरिकी नागरिकको भागमा ७२,३०९ डलर ऋण

एजेन्सी । अमेरिका विश्वको सबैभन्दा ठूलो अर्थव्यवस्था र शक्तिमान देश तर अहिले ऋणको बोझका कारण समस्यामा पर्दैछ । यस वर्षसम्ममा अमेरिकाले विश्वभरीका विभिन्न देशहरुबाट लिएको ऋण २९ लाख करोड डलर पुगेको छ । अमेरिकी सांसद एलेक्स मूनीका अनुसार देशमा ऋणको बोझ निरन्तर बढ्दै गइरहेको छ र यसमा चीन र जापानको सबैभन्दा बढी हिस्सा रहेको बताएका छन् । 

मोनीका अनुसार, “अमेरिकामा ऋणको बोझ यस वर्ष बढेर २९ ट्रिलियन डलरमा पुग्दैछ । जनतामा ऋणको बोझ बढिरहेको छ भन्ने कुराका बारे जनतामा धेरै भ्रम छन । हामीसँग जापान र चीनको सबैभन्दा बढी ऋण छ, जो वास्तवमै अमेरिकाका साथीहरू होइन् । अमेरिकी तथ्यांक विभागका अनुसार अमेरिकाले जनवरी २०२१ मा २७.७८ लाख करोड डलर ऋण थियो ।  जुन २००० र २०२० बीच चार गुणा बढ्या ।

२००० सम्ममा अमेरिकाको ५.६ लाख करोड डलर मात्र ऋण थियो । जुन मार्च २०२० मा २३.४ ट्रिलियन डलरले बढेको छ । जस अनुसार अमेरिकाको प्रत्येक नागरिकको भागमा ७२३०९ डलर ऋण रहेको थियो । बाराक ओबामाको शासनमा यो ऋणको  अंक दोब्बर बनाइएको थियो ।  

जनवरीमा राष्ट्रपति जो बिडेनले कोविडबाट भएको क्षतिबाट अर्थतन्त्रलाई सम्बोधन गर्न १.९ ट्रिलियन डलरको कोरोनाभाइरस प्याकेजको घोषणा गरेका छन । प्याकेजमा जनतालाई प्रत्यक्ष आर्थिक राहत, ब्यापारीलाई दिइने सहयोग र खोप योजनाको लागि दिइएको रकम समावेश छ । मोनीका अनुसार राहत प्याकेज स्वीकृत गर्नु अघि सांसदहरूले कुल ग्राहस्थ उत्पादन(जिडीपी)को अनुपात हेर्नुपर्ने जुन खतरनाक स्थितिमा पुगेको छ।

प्रतिक्रिया दिनुहोस