
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज ६४ अर्ब रुपैयाँ लगानीमा निर्माण हुन लागेको चीन–नेपाल मैत्री औद्योगिक पार्कको शिलान्यास गर्दैछन् । गृहजिल्ला झापामा निर्माण हुन लागेको उक्त औद्योगिक पार्क निर्माण गर्नको शिलान्यास कार्यक्रममा सहभागि हुन आज उनी त्यहाँ जाँदै छन् ।
झापाको दमक नगरपालिका, कमल गाउँपालिका र गौरादह नगरपालिकासम्म फैलिने औद्योगिक क्षेत्रलाई ‘चीन–नेपाल मैत्री औद्योगिक पार्क’ नाम दिइएको छ । ६४ अर्ब रुपैयाँ लगानी रहने ‘चीन–नेपाल मैत्री औद्योगिक पार्क’ पीपीपी मोडलमा निर्माण गर्ने सम्झौता यस अघिनै भइसकेको छ ।
सरकारले एक सातामा पाँच वटा औद्योगिक क्षेत्र शिलान्यास कार्यक्रम निर्धारण गरेको थियो । सो कार्यक्रमअनुसार फागुन १० गते कञ्चनपुरको दैजीछेला औद्योगिक क्षेत्र, फागुन ११ गते बाँकेको नौबस्ता औद्योगिक क्षेत्र, फागुन १३ गते रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्र र १४ गते मकवानपुरको मोतीपुर औद्योगिक क्षेत्र शिलान्यास भइसकेका छन् । हाल नेपालमा ११ वटा औद्योगिक क्षेत्र सन्चालित छन् ।
प्रतिक्रिया दिनुहोस