aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

जुवातासको खालबाट ११ जना पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ०७ बैशाख २०७६
जुवातासको खालबाट ११ जना पक्राउ

काठमाडौं ।  जुवातास खेलिरहेको अबस्थाबाट  ११ जना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका पेप्सीकोला बस्ने मिन कुमारी शिवाकोटीको घरमा जुवातास खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । पेप्पसीकोला  बस्ने २५ वर्षीय उमेश सेवा समेत ११ जनालाई नगद ३ लाख ६२ हजार रुपैयाँ र ४ बुक तास सहित शुक्रबार दिउसो प्रहरीले पक्राउ गरेको जनाएको छ ।
 
त्यस्तैगरि, रुपन्देही, बुटवल उपमहानगरपालिका -१२ बस्ने कमल थापाको गोठमा जुवातास खेलिरहेको अवस्थामा सोही उपमहानगरपालिका-१३ बस्ने ५२ वर्षीय कृष्ण घिमिरे समेत ४ जनालाई नगद २१ हजार रुपैयाँ र ३ बुक तास सहित शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।
 

प्रतिक्रिया दिनुहोस