aarthiknews.com विहीबार, ०५ असार २०८२   Thursday, 19 June, 2025
 

राजस्व अनुसन्धान विभागले १५ करोडभन्दा बढी मागदाबी सहित मुद्दा दायरा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १६ फागुन २०७७
राजस्व अनुसन्धान विभागले १५ करोडभन्दा बढी मागदाबी सहित मुद्दा दायरा


काठमाडौं । राजस्व छली गर्ने ३ जनाविरुद्ध राजस्व अनुसन्धान विभागले उच्च अदालत पाटनमा मुद्दा दर्ता गरेको छ । विभागले राजस्व चुहावट गरेको अभियोगमा ३ जनालाई १५ करोड ३६ लाख ६३ हजार ६७२ रुपैयाँ बिगो दाबी र कैद जरिवानाको माग सहित मुद्दा दर्ता गरेकोे हो । विभागले आइतबार विराटनगर वडा नम्बर ९ स्थित बाबा फ्लोर मिल्सका मुख्य कारोबारी सुरेश कुमार राठीसहित ३ जनाका विरुद्ध मुद्दा दर्ता गरेको हो । 

विभागले कम्पनीका म्यानेजर गिरधारी लाल अग्रवाललाई वास्तविक बिक्री– आम्दानीभन्दा घटी बिक्री देखाइ मूल्य अभिवृद्धि कर, लाभांश कर र आयकर समेतको छलि  गरेको साथै भीसीटीएस समेतको पालना नगरेको आरोप लगाएको छ ।
 

प्रतिक्रिया दिनुहोस