aarthiknews.com बुधबार, ११ असार २०८२   Wednesday, 25 June, 2025
 

ह्वात्तै बढ्यो बैंक तथा वित्तीय  संस्थाको कर्जा प्रवाह

  • आजको गोरखापत्र दैनिकबाट
    आजको गोरखापत्र दैनिकबाट
  • मंगलबार, १८ फागुन २०७७
ह्वात्तै बढ्यो बैंक तथा वित्तीय  संस्थाको कर्जा प्रवाह

काठमाडौं । पछिल्लो समय अर्थतन्त्र चलायमान भएर सकारात्मक  परिसूचक  देखापर्दै  गर्दा  बैंक तथा  वित्तीय  संस्थाको कर्जा प्रवाह ह्वात्तै बढ्न थालेको छ । पछिल्लो  एक  सातामा  वाणिज्य  बैंकहरूको  कर्जा  लगानी २७   अर्ब   रुपियाँ   पुगेको   छ ।   

नेपाल   बैंकर्स   एसोसिएसनको तथ्याङ्कअनुसार फागुन ७ देखि १४ सम्मको अवधिमा २७ वाणिज्य बैंकले २७ अर्ब रुपियाँ कर्जा लगानी गरेका हुन् । कोरोना  महामारीका  बेला  लगाइएको  बन्दाबन्दी  हटाइएयता अर्थतन्त्रले  सकारात्मक  सूचक  देखाउन  थालेको  हा ।  

निर्यातमा बढोत्तरी, महँगीमा कमी र विपे्रषणमा वृद्धिलगायतले अर्थतन्त्र सुधारको दिशामा जान थालेपछि बैंकहरूको व्यवसाय विस्तार पुरानै अवस्थामा आएको हो। कर्जा  लगानी  बढे  पनि  सोही  अवधिमा  निक्षेप सङ्कलनको  वृद्धिद्  भने  कम  देखिएको  छ ।  एक साताको  सोही  अवधिमा  बैंकिङ  प्रणालीमा  ११  अर्ब रुपियाँ निक्षेप थपिएको छ ।

समग्रमा  फागुन  १४  सम्ममा वाणिज्य  बैंकहरूले  ३८  खर्ब नौ  अर्ब  रुपियाँ  निक्षेप  सङ्कलन गरेका  छन्  भने  ३३  खर्ब  ६२  अर्ब रुपियाँ  कर्जा  लगानी  गरेका  छन् ।  नेपाल राष्ट्र बैंकका अनुसार सोमबारसम्म बैंकिङ   प्रणालीमा   ७१   अर्ब   रुपियाँ तरलता रहेको छ । 

प्रतिक्रिया दिनुहोस