aarthiknews.com बुधबार, ११ असार २०८२   Wednesday, 25 June, 2025
 

नागरिकतासहित उपस्थित हुन प्रचण्ड—नेपाल समूहको सर्कुलर

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १८ फागुन २०७७
नागरिकतासहित उपस्थित हुन प्रचण्ड—नेपाल समूहको सर्कुलर

काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्र्थापित गरेपछिको रणनीति बनाउन नेकपा प्रचण्ड—नेपाल समूहले केन्द्रीय समितिको बैठक बोलाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विस्थापित गरेर नयाँ सरकार गठनको गृहकार्यमा रहेको सो समूहले आफ्ना केन्द्रीय सदस्यहरुलाई नागरिकतासहित बैठकमा उपस्थित हुन निर्देशन दिएको हो । 

सोमबार नेकपाको संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको सचिवालय बैठकले पछिल्ला राजनीतिक घटनाक्रमको सन्दर्भमा छलफल गर्न छिट्टै स्थायी कमिटी र केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय गरेको छ । मेन्द्रीय कमिटीको बैठक पार्टी केन्द्रीय पेरिसडाँडामा फागुन १९ गतेका लागि बोलाइएको छ । 

सोमबारको बैठकले सक्कल नागरिकता र पार्टीको परिचयपत्रसहित अनिवार्य रुपमा उपस्थित हुन निर्देशन दिने निर्णय गरेको छ । त्यसैगरी आज (मंगलबार) पार्टी स्थायी समिति बैठक पनि बोलाएको छ ।  नेपाल समाचारपत्र दैनिकबाट

प्रतिक्रिया दिनुहोस