aarthiknews.com बुधबार, ११ असार २०८२   Wednesday, 25 June, 2025
 

विद्युतीय गाडीको आयात आधा घट्यो

  • आजको आर्थिक अभियान दैनिकबाट
    आजको आर्थिक अभियान दैनिकबाट
  • बुधबार, १९ फागुन २०७७
विद्युतीय गाडीको आयात आधा घट्यो

काठमाडौं । सरकारले डिजेलरपेट्रोलबाट चल्ने सवारी विस्थापित गरी विद्युतीय सवारीको आयात प्रवर्द्धन गर्ने नीति लिए पनि आयातको अवस्था भने ठीक उल्टो देखिएको छ । चालू आर्थिक वर्षको पहिलो ७ महीनाको अवधिमा नेपालमा विद्युतीय सवारीसाधनको आयात आधाले घटेको छ भने डिजेल÷पेट्रोलबाट चल्ने सवारीसाधनको आयात ६० प्रतिशतले बढेको छ ।

यस अवधिमा कुल २ हजार ५१ विद्युतीय सवारीको आयात भएको छ । यसमा १०३ वटा मात्र विद्युतीय जीप, कार भ्यान आयात भएको छ । अरू तीनपांग्रे अटोरिक्सालगायत सवारी रहेका छन् । अघिल्लो वर्ष कुल ४ हजार २०४ विद्युतीय सवारीसाधन आयात भएको थियो । यसमा जीप, कार र भ्यानको तथ्यांक एकै ठाउँमा राखिएका कारण यसको छुट्टै तथ्यांक छैन ।

अटोमोबाइल व्यवसायीको छाता संगठन नेपाल नाडा अटोमोबाइल एशोसिएशनका अनुसार अघिल्लो वर्षको पहिलो ६ महीनाको अवधिमै ६ सयभन्दा बढी जीप, कार र भ्यान आयात भएको थियो । सातौं महीनाको तथ्यांक भने नाडासँग पनि ई–रिक्सासहितको मिश्रित नै भेटिएको छ ।

प्रतिक्रिया दिनुहोस