
एजेन्सी । विश्वमा ११८ जना आफ्नै सम्पत्तिबाट अर्बपति भनेका छन् । ग्लोबल रिच २०२१ ले सावैजनिक गरेको सूचीमा ११८ जना आफ्नै मेहनतले कमाएको सम्पत्तिले अर्बपति भएका र ९१ जनाले पैतृक सम्पत्तिबाट अर्बपति बनेको सूची सार्वजनिक गरेको छ ।
६८ देशका ३२२८ जना अर्बपतिहरु सार्वजनिक गएका छन् । २०२१ मा भारतमा मात्रै अर्बपतिको संख्या २०९ जना पुगेका छन् । टेस्ला कम्पनीका प्रमुख एलन मस्क विश्वका धनी व्यक्तिमा सूचीकृत छन् । उनको सम्पत्ति १९७ अर्ब डलर रहेको छ । जब अमेजनका जेफ बजोसको १८९ अर्ब डलर मात्र रहेको छ । तेस्रो नम्बरमा रहेका अर्नार्ड ओटोल्टको ११४ अर्ब डलर रहेको छ ।
यसभन्दा पहिला धनी व्यक्तिको सूचीमा रहेका माइक्रोसफ्टका बिल गेट्सको सम्पत्ति ११० अर्ब डलरमा साथमा चौथो नम्बरमा रहेका छन् । सबैभन्दा तिव्र रुपमा धनी बनेका फेसबुकका मालिक मार्क जकरवर्गको १०१ अर्ब डलर सम्पत्तिका साथ पाँचौ नम्बरमा रहेका छन् ।
विश्वको सबैभन्दा धनीहरुको लिष्टमा भारतीय मुकेश अम्बानी आठौं नम्बरमा आएका छन् । उनको सम्पत्ति ८३ अर्ब डलर भएको छ । त्यस्तै, अम्बानी विश्वको आठौं धनी र एसियाका दोस्रो धनी व्यक्तिको सूचीमा परेका छन् । एसिया धनी जोंग शेनशनको कुल सम्पत्ति ८५ अर्ब डलर रहेको छ ।
प्रतिक्रिया दिनुहोस