aarthiknews.com बुधबार, ११ असार २०८२   Wednesday, 25 June, 2025
 

सुनका गरगहनाको निर्यात हुन थाल्यो

  • आजको आर्थिक अभियान दैनिकबाट
    आजको आर्थिक अभियान दैनिकबाट
  • विहीबार, २० फागुन २०७७
सुनका गरगहनाको निर्यात हुन थाल्यो

काठमाडौं । मूल्य वृद्धि र कोरोना विपद्का कारण स्वदेशी बजारमा सुनका गरगहनाको कारोबार घटेकोमा विदेशमा भने यसको निर्यात हुन थालेको छ । चालू आर्थिक वर्ष (आव) को शुरूदेखि नै विदेशी बजारमा यस्ता गरगहनाको निर्यात हुन थालेको भन्सार विभागको तथ्यांक छ ।

पछिल्लोपटक आव २०७२/७३ मा चीनमा ६१५ केजी बराबरको सुनका गरगहना निर्यात भएको थियो । त्यसपछि गत आवसम्म सुनका गरगहनाको निर्यात भएको भन्सार विभागको तथ्यांकमा देखिँदैन । यद्यपि, नगण्य मात्रामा सुनका गरगहनाको निर्यात भने भएको हुन सक्ने व्यवसायीहरू बताउँछन् । तर, चालू आवको शरूदेखि नै सुनका गरगहनाको निर्यात व्यापक मात्रामा हुन थालेको विभागको तथ्यांकले देखाएको छ ।

विभागको तथ्यांकअनुसार चालू आवको पहिलो ७ महीना अर्थात् माघसम्म रू। १५ करोड ६७ लाख ६९ हजारको सुनका गरगहना निर्यात भएको छ । यस अवधिमा साढे १२ केजी बराबरको सुनका गरगहना निर्यात भएका छन् ।

प्रतिक्रिया दिनुहोस