aarthiknews.com विहीबार, ०५ असार २०८२   Thursday, 19 June, 2025
 

कहिले गर्छ सर्वोच्चले अर्को महत्वपूर्ण निर्णय ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २० फागुन २०७७
कहिले गर्छ सर्वोच्चले अर्को महत्वपूर्ण निर्णय ?

काठमाडौं । सर्वोच्च अदालतले आज बिहिबार नेकपा विवाद सम्बन्धी ऐतिहासिक निर्णय गर्ने तय भएको थियो । तर, पूर्वप्रधानन्यायाधीश सुरेन्द्रप्रसाद सिंहको निधनमा शोक मनाउन आज देशभरका अदालतमा शोक बिदा दिएको छ। जसले गर्दा सो निर्णय कहिले हुने भनेर अन्यौलता बढेको छ । 

सर्वोच्च नेपाल कम्युनिस्ट पार्टीमा नाममा विवादको फैसला आज सुनाउने तयारी गरेको थियो । गत विहीबार न्यायाधीश बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले सुनुवाइ सकेर आज विहीबार फागुन २० गते निर्णय सुनाउने मिति तय भएको हो । 

गएको निर्वाचनमा तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकता भएपछि नेपाल कम्युनिष्ठ पार्टी निर्वाचन आयोगमा  दर्ता भएको थियो । आयोगमा पुराना कम्युनिष्ठ नेता ऋषिराम कट्टेललेनेपाल कम्युनिस्ट पार्टी यसभन्दा पहिला नै दर्ता गरेका थिए।

आफ्नो पार्टीको नामसँग मिल्दोजुल्दो नाम राखिएको भन्दै कट्टेलले निर्वाचन आयोगलाई विपक्षी बनाएर २०७५ मंसिर ५ गते रिट निवेदन दर्ता गरेका थिए । तर, निर्वाचनमा बहुमत ल्याएर सत्ता सञ्चालनमा पुगेको नेकपाकै पक्षमा आयोगले निर्णय गरेपछि कट्टेलले पार्टीको नाम विवादको मुद्दा सवोच्चमा दायर गरेका थिए । 

प्रतिक्रिया दिनुहोस