
काठमाडौं । सरकारले राजश्व चुहावट रोक्न संवेदनशील नाकाहरुमा सुराकी परिचालन गर्ने भएको छ । चालु आर्थिक वर्ष २०७७/७८ मा लक्ष्यअनुसार राजश्व संकलन नहुने र अन्तर्राष्ट्रिय नाकाबाट राजश्व चुहावट नरोकिएपछि संवेदनशील नाकाहरुमा सुराकी परिचालन गर्न लागेको हो । सुराकी परिचालन गर्दा सुराक गर्नेले सही सूचना दिएको पुष्टि भएमा त्यस्तो व्यक्तिले प्रोत्साहन रकम समेत पाउनेछ ।
नाकाहरुमा सुराकी परिचालन गर्दा अवैध व्यापार नियन्त्रण, राजश्व संकलन प्रभावकारी र नतिजामुखी बनाउन सकिने अर्थ मन्त्रालयको दाबी छ । (आर्थिक दैनिकबाट)
प्रतिक्रिया दिनुहोस