
काठमाडौं । पुरानो आधार वर्षलाई नयाँ आधार वर्षले प्रतिस्थापन गरेपछि नेपालको अर्थतन्त्रको आकार गत आर्थिक वर्षमा गरिएको अनुमानभन्दा ठूलो भएको छ । केन्द्रीय तथ्यांक विभागले गत आवमा सन् २०००/०१ लाई आधार वर्ष मान्दा अर्थतन्त्रको आकार ३७ खर्ब ६७ अर्बको थियो । अहिले नयाँ आधार वर्ष २०१०/११ लाई आधारमान्दा अर्थतन्त्रको आकार बढेर ३९ खर्ब ४३ अर्ब ७० करोड पुगेको छ । नेपालले पनि अन्य देशले जस्तै १० वर्षमा आधार वर्ष परिवर्तन गरेको हो । केही देश विकशित देशले भने ३ वा ५ वर्षमा आधार वर्ष परिवर्तन गर्दै आएको पाइन्छ ।
विभागले उत्पादन, खर्च तथा मूल्यका आधारमा अर्थतन्त्रको रिबेसिङ गरेको विभागका उपमहानिर्देशक हेमराज रेग्मीले बताए । ‘आपूर्ति तथा उपयोग तालिकाहरू बनाइ यूएनएसएनएलाई प्रतिस्थापन गरी यूएनएसएनएलाई पूर्ण रुपमा लागू गरिएको छ,’ उनले भने ‘आईएसआईसी रिभ्यू ४ अनुरुप औद्योगिक वर्गीकरण गरी २१ वटा पुर्याइएको छ ।
यस अघि अर्थतन्त्रका १७ वटामात्र थियो । विभागका अनुसार अहिले अर्थलाई २१ भागलमा लगाएर आकलन गरिएको हो ।’ यसरी नयाँ व्यवस्था अनुसार अर्थतन्त्रको गणना गर्दा केही क्षेत्र थपिएका छन् भने केही क्षेत्र समायोजन र केही क्षेत्र टुक्रिएको अवस्था पनि छ । पछिल्लो समय इलेक्ट्रिसिटी, होटल, व्यापारलगायतका क्षेत्रमा राम्रो सुधार भइरहेको तथ्यांकले देखाएको छ ।
विभागले आज बिहीबार आयोजना गरेको कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा. पुप्पराज कँडेलले आधारदर र गत वर्षको परिमार्जित जीडीपी प्रस्तुत गरिएको बताए । आर्थिक वृद्धिदर ऋणात्मक भएपनि अहिले केही सुधार हुँदै गएको, रिबेसिङ पछि अर्थतन्त्रको आकार बढेको उनले बताए ।
प्रतिक्रिया दिनुहोस