काठमाडौं । नयाँ आधार वर्ष २०१०/११ लाई आधार वर्ष मान्दा नेपालीले एक वर्षमा १ लाख ३३ हजार ९०२ रुपैयाँ कमाएका छन् । अघिल्लो आवमा नयाँ आधार वर्षलाई आधार मान्दा एक नेपालीको आय १ लाख ३६ हजार ५८५ थियो । नयाँ आधार वर्षको आधारमा हेर्दा एक जना नेपालीको आयमा २ हजार ६८३ रुपैयाँले कमी आएको छ । गएको आवमा नयाँ आधार वर्षको आधारमा नेपालीको प्रतिव्यक्ति आय (जीएनआई) बढेर ११ सय ४८ अमेरिकी डलर पुगेको छ ।
आधार वर्ष परिवर्तन गर्दा अर्थतन्त्रको आकार बढेपनि प्रतिव्यक्ति आय भने अघिल्लो आवको तुलनामा गत वर्ष घटेको छ । । आज बिहीबार केन्द्रीय तथ्यांक विभागले एक कार्यक्रमको आयोजना गरेर सार्वजनिक गरेको तथ्यांक अनुसार गत आवको भन्दा नयाँ आधार वर्षमा प्रतिव्यक्ति आय गणना गर्दा २३ अमेरिकी डलरले घटेको छ ।
पुरानो आधार वर्ष अनुसार नेपालीको प्रतिव्यक्ति आय गत आर्थिम वर्षमा १ हजार ९७ अमेरिकी डलर थियो भने अघिल्लो आर्थिक वर्षमा यस्तो आय १ हजार ५१ रुपैयाँ भएको विभागका उपमहानिर्देशक डा. हेमराज रेग्मीले बताए । पुरानो आधार वर्षलाई आधार मान्दा भने गत आवमा ४६ डलरले एक जना नेपालीको आय बढेको छ ।
नयाँ आधार वर्ष लागू गरेको वर्ष सन् २०१०/११ मा भने नेपालीको यस्तो नयाँ ७ सय १८ डलरमात्रै थियो । सो आयलाई नयाँ आधार वर्षका रुपमा गणना गर्दा ८ सय १८ डलर पुगेको छ ।
प्रतिक्रिया दिनुहोस