काठमाडौं । आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा आर्थिक बर्ष २०७६/०७७ मा मलको अभाव नहुने कृषि मन्त्री चक्रपाणि खनालले बताएका छन् ।
२०७६/०७७ को विनोयोजित बजेटमाथि उठेका प्रश्नमाथि जवाफ दिदै मन्त्री खनालले भने ‘जीटुजी मार्फत मल तुरुन्त ल्याउने भनेर निर्णय गरेर पठाएका छौ ।’
यो बर्ष मलको अभाव हुदैन मल पूर्ती गर्न कुनै कसरत बाँकि नभएको समेत बताए । नेपालमा मल अभावको निराकरण गर्न ठोस योजना बनाएर अगाडि बढेकोे बताउँदै मन्त्री खनालले त्यसको लागि प्राङ्गारिक मललाई प्रबद्र्धन गर्ने, अनुदानको रकम बढाउने, मुल्य समायोजन गर्ने वा के गर्ने भन्ने बारेमा मन्त्रालयमा छलफल अगाडी बढिरहेको बताए ।
माग साढे ६ लाख मेट्रिक टन छ, तर आयात साढे ३ लाख मेट्रिक टन मात्र छ । मलको अभाव छ तर यो समस्यालाई निराकरण गर्न ठोस योजना बनाएर अगाडि बढेको बताए ।
प्रतिक्रिया दिनुहोस