
एजेन्सी । भारतका कम्डम उत्पादक कम्पनीलाई कारबाही गर्न सक्ने बताइएको छ । भारतको कण्डम उत्पादक कम्पनीलाई ११ शिर्षक कम्पनीलाई कारबाही गर्न सक्ने त्यहाको प्रतिस्पर्धा आयोग(सीसीआइ) को एक अनुसन्धानले जनाएको छ ।
सीसीआइले गरेको एक अनुसन्धानमा भारत ११ वटा कम्पनीहरु मिलेर सरकारले सन् २०१०देखि २०१४ सम्म आवहान गरेको टेण्डरमा एक अर्काको मिलेमतोमा महगो टेण्डर हालेको उल्लेख गरेको छ ।
इकोनोमिक्स टाइम्सका अनुसार सीसीआइका महानिर्देशक स्तरको रिर्पोटमा उल्लेख भए अनुसार कम्पनीका निर्देशक, सिइओ र अपरेसन हेडको आपसी समझदारीमा कण्डमको मुल्य तय गरिएको थियो ।
सरकारी टेण्डरमा भाग लिएका सबै ११ वटा कम्पनीले प्रति वक्स ५० पैसाको फरक बनाएर टेण्डर हालेको र सबैभन्दा सस्तो विडिङ लगाउनेले टेण्डर पाएको थियो यसमा कम रकम कबोल गर्नेभन्दा नजिकको विडरलाई पनि सामान सप्लाई गर्न पाउने व्यबस्था रहेको छ ।
उक्त टेण्डरमा भाग लिने कम्पनीहरुमा एचएलएल लाइफकेयर (हिंदुस्तान लैटेक्स), टीटीके प्रोटेक्टिव डिवाइसेज, सुरेटेक्स प्रॉफीलैक्टिक्स इण्डिया लिमिटेड, अनोंदिता हेल्थकेयर, क्यूपिड लिमिटेड, मर्केटर हेल्थकेयर लिमिटेड, कॉन्वेक्स लैटैक्स प्राइवेट लिमिटेड, जेके एंसेल लिमिटेड, यूनिवर्सल प्रॉफीलैक्टिक्स प्राइवेट लिमिटेड, इंडस मेडिकेयर लिमिटेड और हैविया फाइन प्रोडक्ट्स प्राइवेट लिमिटेड लिमिटेड रहेका छन् ।
प्रतिक्रिया दिनुहोस