aarthiknews.com बुधबार, ११ असार २०८२   Wednesday, 25 June, 2025
 

पिसिआर रिपोर्ट नेगेटिभ भएका विदेशी पर्यटकलाई निर्वाध आउन दिने तयारी

  • आजको नागरिक दैनिकबाट
    आजको नागरिक दैनिकबाट
  • आइतबार, २३ फागुन २०७७
पिसिआर रिपोर्ट नेगेटिभ भएका विदेशी पर्यटकलाई निर्वाध आउन दिने तयारी

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले कोरोनाको पिसिआर रिपोर्ट नेगेटिभ भएका विदेशी पर्यटकलाई निर्वाध रुपमा नेपाल आउन दिने तयारी भइरहेको बताएका छन् ।

 पिसिआर नेगेटिभलाई निर्वाध आउन दिनेसँगै अनअराइभल भिसाको व्यवस्था गर्न मन्त्रालयले कोभिड–१९ संकट व्यवस्थापन केन्द्र )सिसिएमसी) लाई लिखितरुपमै आग्रह गरेको र यो विषय छिट्टै मन्त्रिपरिषद्बाट सम्बोधन हुने उनले बताए ।

प्यासिफिक एसिया ट्राभल एसोसिएसन ९पाटा० नेपाल च्याप्टरको ४४ औँ वार्षिक साधारणसभामा उनले त्यस्तो जानकारी दिएका हुन् । सो अवसरमा मन्त्री ढकालले पर्यटन क्षेत्रको विविधीकरण र अन्तर्राष्ट्रिय बजारीकरणका लागि रणनीतिक योजना र कार्यक्रम ल्याउन पाटा नेपाललाई आग्रह गर्दै यसका लागि मन्त्रालय हातेमालो गरेर अघि बढ्न तयार रहेको बताए । 

प्रतिक्रिया दिनुहोस