aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

भारतीय सर्वोच्च अदालतका प्रधान न्यायाधीसमाथि यौन दुव्र्यवहारको आरोप

  • एएफपी
    एएफपी
  • शनिबार, ०७ बैशाख २०७६
भारतीय सर्वोच्च अदालतका प्रधान न्यायाधीसमाथि यौन दुव्र्यवहारको आरोप

 नयाँ दिल्ली ।  भारतको सर्वोच्च अदालतका प्रधानन्यायाधीश रञ्जन गोगोईमाथि उहाँकै एक जना पूर्व सहयोगी  (जुनियर असिस्टेन्ट) ले यौन उत्पीडन गरेको आरोप लागेको छ ।

प्रधान न्यायाधीश गगोइले आफूविरूद्ध अदालतका पूर्व कर्मचारीले लगाएको आरोप ‘अविश्वशनीय’ रहेको र  यो आफूलाई महत्वपूर्ण मुद्दाको सुनुवाई गर्न रोक लगाउने दुर्भावनाबाट प्रेरित अभिव्यक्ति मात्र भएको भनी आरोपको खण्डन गर्नुभएको छ । 

पूर्व सहयोगीसमेत रहेकी यौन उत्पीडनको आरोप लगाउने ३५ बर्षीय महिलाले सर्वोच्च अदालतका सबै २२ जना न्यायाधीशलाई शुक्रबार पत्र लेखी आफूलाई गगोईले सरकारी निवासस्थित कार्यालयमा गत बर्षको अक्टोबरमा दुई पटकसम्म यौन दुव्र्यवहारको प्रयास गरेको बताएकी छन् ।

यस क्रममा प्रधानन्यायाधीश गोगोईले आफूमाथि लागेको आरोप आधारहीन रहको र यसको पछाडी कुनै ठूलो शक्तिको हात रहेको बताएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । 
गोगोईले आफूमाथि लागेको यौन उत्पीडनको आरोप अस्वीकार गर्दै न्यायपालीकाको स्वतन्त्रता खतरामा रहेको बताउनुभयो । उहाँले यो आरोप न्यायपालिकालाई अस्थिर बनाउनको लागि गरिएको एक षड्यन्त्र भएको बताउँदै यसका पछि ठूलो शक्ति लागेको हुनसक्ने बताउनुभएको छ । 

उहाँले भन्नुभयो, “यस्तो अवस्थामा काम गर्नु र्पयो भने राम्रा मान्छे यो अफिसमा कहिल्यै काम गर्न आउँदैनन् ।”

साथै प्रधान न्यायाधीश गगोइले उक्त महिलाको आपराधिक पृष्ठभूमि भएको बताउनुभएको छ । उहाँले भन्नुभयो, “उक्त महिलालाई सर्वोच्चमा कसरी जागीर मिल्योरु जबकी उसको विरुद्ध आपराधिक मुद्दा छ । यसको पनि जाँच हुनुपर्छ ।”

महिलाले गोगोईले आफूमाथि यौन उत्पीडन गरेको, उनको प्रस्तावमा सहमत नभएपछि जागीरबाट हटाएको र आफ्नो परिवारलाई विभिन्न तरिकाले प्रताडित गरेको आरोप लगाएकी छन् ।
एएफपीले प्राप्त गरेको पत्रमा महिलाले भनेकी छन्, “उहाँले मलाई मेरो कम्मरमा समात्नुभयो र शरिरका सबै अङ्गमा हात लगाउनुुभयो र मलाई उहाँको शरीरतर्फ अँठ्याउनुभयो ।”

उनले भनिन्, “उहाँले मलाई पनि उहाँको शरिरमा अँगालो हाल्न भनेको र उम्कने प्रयास गर्दा चरप्प समातेर राख्नुभयो । यो यौन दुव्र्यवहारको प्रयास थियो ।”

प्रधानन्याधीश गोगोईविरुद्ध लागेको यौन उत्पीडनको आरोपमाथि सर्वोच्च अदालतमा  शनिबार प्रधानन्यायाधीश रञ्जन गोगोई, न्यायाधीश अरुण मिश्रा र संजिव खन्ना रहेको विशेष बेन्चमा सुनुवाई भएको छ । शनिबारको बेन्चले प्रधानन्यायाधीशमाथिको आरोपको बारेमा अन्य न्यायाधीश सहितको एक विशेष वेञ्चमा सुनुवाई हुने बताएको छ ।

            
            
 

प्रतिक्रिया दिनुहोस