aarthiknews.com बुधबार, ११ असार २०८२   Wednesday, 25 June, 2025
 

​सत्ता खेलमा अल्झिँदै सांसद्

  • आजको अन्नपूर्ण पोस्ट् दैनिकबाट
    आजको अन्नपूर्ण पोस्ट् दैनिकबाट
  • आइतबार, २३ फागुन २०७७
​सत्ता खेलमा अल्झिँदै सांसद्

काठमाडौं । नेकपाभित्रको विवाद छिनोफानो नहुँदै पुनःस्थापित प्रतिनिधिसभा अधिवेशन आइतबार सुरु हुँदै छ । प्रतिनिधिसभा विघटनको निर्णय सर्वोच्च अदालतले खारेज गरेपछि सरकारको सिफारिसमा राष्ट्रपतिले हालै अधिवेशन आह्वान गरेकी हुन् । दिउँसो ४ बजे प्रतिनिधिसभाको सातौँ बैठक बस्ने तय भएको छ ।

झण्डै दुई तिहाइ जनमतसहित सरकारको नेतृत्व गरिरहेको नेकपाको कानुनी विभाजन नहुँदा सांसदका गतिविधि पनि प्रभावित बन्ने देखिएको छ । यो बेला संसदीय दलबाट दुवै पक्ष आफूसँग बहुमत रहेको देखाउन जोडबलसाथ लागिपरेका छन् ।

नेकपा प्रतिनिधिसभा र राष्ट्रियसभाका गरी २२३ सांसद छन् । प्रतिनिधिसभामा सांसद सानु शिवाको निधनपछि  सभामुखलाई छाडेर १७२ र राष्ट्रियसभामा अध्यक्ष र उपाध्यक्षबाहेक ४८ गरी कुल २२० सांसद छन् ।

तर, अचम्म यो छ कि शुक्रबार दाहाल–नेपाल पक्ष र शनिबार ओली पक्ष दुवैले आफ्नो पक्षमा ११५ जना सांसद सहभागी भएको दाबी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस