aarthiknews.com बुधबार, ११ असार २०८२   Wednesday, 25 June, 2025
 

सिमेन्टको प्याकेजिङ साइज घटाउन परेन आवेदन

  • आजको आर्थिक अभियान दैनिकबाट
    आजको आर्थिक अभियान दैनिकबाट
  • आइतबार, २३ फागुन २०७७
सिमेन्टको प्याकेजिङ साइज घटाउन परेन आवेदन

काठमाडौं । सरकारले सिमेन्टको प्याकेजिङ साइज विभिन्न प्रकारको निर्धारण गरे पनि उत्पादक कम्पनीहरूले यसका लागि हालसम्म आवेदन दिएका छैनन् । सानो परिमाणका प्याकेजिङ साइजमा पनि उपभोक्ताहरूले सिमेन्ट किन्न चाहेको र माग गर्दै आएको भए पनि सिमेन्ट उद्योग कम्पनीहरूले सानो परिमाणको प्याकेजिङ साइजका लागि आवेदन दिएका छैनन् । हाल नेपाली बजारमा सिमेन्टको प्याकेजिङ साइज ५० किलोग्राम ९केजी० मात्रै छ ।

नीतिगत व्यवस्था नहुँदा सानो परिमाणको प्याकेजिङ साइजमा उद्योगीहरूले सिमेन्ट बजारमा ल्याउन पाएका थिएनन् । सरकारले नियमावली बनाएर राजपत्रमा प्रकाशित गरेको ९ महीना बित्दा पनि कुनै उद्योगले कम परिमाणको प्याकेजिङ साइजका लागि आवेदन नदिएको नेपाल गुणस्तर तथा नापतौल विभागले जानकारी दिएको छ । विभागका महानिर्देशक विश्वबाबु पुडासैनी गत जेठमै राजपत्रमा सूचना प्रकाशित भइसकेको भए पनि अहिलेसम्म एउटा पनि प्याकेजिङ साइजका लागि निवेदन नपरेको बताए ।

प्रतिक्रिया दिनुहोस