aarthiknews.com बुधबार, ११ असार २०८२   Wednesday, 25 June, 2025
 

रेल चलाउन कानुन पर्खिएको पर्खियै

  • आजको कान्तिपुर दैनिकबाट
    आजको कान्तिपुर दैनिकबाट
  • आइतबार, २३ फागुन २०७७
रेल चलाउन कानुन पर्खिएको पर्खियै

काठमाडौं । जयनगर जनकपुर खण्डमा रेल सञ्चालनको मिति अझै तय हुन सकेको छैन । भारतबाट रेलसेट ल्याएको पाँच महिना बितिसकेको छ । तर, भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय र नेपाल रेल्वे कम्पनीको प्रतिनिधि कहिलेबाट रेल चल्छ भनेर भन्न सक्दैनन । 

सुस्त तयारीले रेल सञ्चालन मिति तय हुन सकेको छैन । कहिले कर्मचारी पुरा भएपछि त कहिले भारतले निर्माण गरेका संरचना हस्तान्तरण गरेपछि रेल चलाउने भनेर घोषण गरेपनि ती कुनै कार्यन्वयनमा गएका छैनन । अहिले आएर मन्त्रालयले रेल्वे सम्बबन्धि कानुन बीना रेल चलाउन नसकिने बताएको छ । 

रेल्वेसम्बन्धी कानुन संसदबाट पास नभएसम्म रेल सञ्चालनमा नआउने मन्त्रालयको भनाई छ । रेल्वेसम्बन्धी कानुन पास भएको छैन । यस सम्बन्धी विधेयक राष्ट्रियसभामा पेश भएको पनि एक वर्ष भइसकेको छ । 

प्रतिक्रिया दिनुहोस