
काठमाडौं । चालु आर्थिक वर्षको सात महिनामा शेयर बजारबाट करिब ६ अर्ब ५७ करोड रुपैयाँ कर संकलन भएको छ । यो गत साउनदेखि माघ महिनासम्म शेयरबजारबाट लगानीकर्ता तथा धितोपत्र व्यवसायीहरुले पुँजीगत लाभकर, अग्रिम करकट्टि, लाभांश र आयकरबापत तिरेको कर हो ।
गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको सात महिनामा संकलित कर करिब चार सय प्रतिशत (३ सय ८५ प्रतिशत) बढी हो । गत आर्थिक वर्षमा शेयर बजारबाट एक अर्ब ३५ करोड रुपैयाँ मात्र कर उठेको थियो ।
यो वर्ष शेयर बजारबाट कर मार्फत सरकारलाई गएको रकम हालसम्मकै उच्च हो । अघिल्ला वर्षहरुमा बजारमा सामान्य बृद्धि मात्र रहेकोले लगानीकर्ताले धेरै नाफा कमाउन पाएका थिएनन् । यो वर्ष बजार निरन्तर बढिरहेको छ । सोही कारण कर वापतको रकम पनि बढेृको जानकारहरु बताउँछन् ।
प्रतिक्रिया दिनुहोस