
नेपालगञ्ज । भारतले सीमाक्षेत्रमा अन्तर्राष्ट्रिय नियमविपरीत निर्माण गरेको बाँधजस्तै सकड ले पानीको निकास थुनेपछि बाँकेको राप्तीपारि नरैनापुर गाउँपालिका डुबानमा परेको छ । नरैनापुर भारतीय सीमा क्षेत्रसँगै जोडिएको गाउँपालिका हो ।
पालिकाले उत्तरतिरबाट बग्ने पानीले पूर्व पश्चिममा भारतले निर्माण गरिरहेको बाँधजस्तै सडकका कारण निकास नपाउँदा नरैनापुरका १,२ र ३ वडा डुबान परेका छन् । बनियाँ गाउँ, महतनियाँ, मझेरटी, मियाँपुर्वा, घोरदौरिया, महादेवनगर, कोटीहा, वहाबपुर्वा, रोसनपुर्वालगायत दर्जनौं गाउँ डुबानमा परेका छन् ।
वर्षाको पानीले निकास नपाएपछि गाउँ डुबानमा पर्दा स्थानीय विस्थापित भएका छन् । एक सयभन्द्या बढी घर डुबेको र दर्जनजति भत्किएको गाउँपालिका अध्यक्ष इस्तियाक अहमद साहले बताए । आजको नागरिक दैनिकमा समाचार छ ।
प्रतिक्रिया दिनुहोस