aarthiknews.com विहीबार, ०५ असार २०८२   Thursday, 19 June, 2025
 

फेरियो संसदको बैठकको कार्यसूची

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २३ फागुन २०७७
फेरियो संसदको बैठकको कार्यसूची

काठमाडौं । प्रतिनिधिसभा पुर्नस्थापनापछि बस्न लागेको आजको पहिलो बैठकका सबै कार्यसूची फेरिएको छ । पहिलो बैठकको सम्भावित सबै कार्यसूची हटाएर राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाइने र शोक प्रस्ताव मात्र पारित गर्ने कार्यसूची मात्र कायम राखिएको हो । 

आइतबारको बैठक शुरु हुनासाथ राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाइने र यसबीचमा निधन भएका १४ जना पूर्व सांसदको निधनमा शोक प्रस्ताव पारित गरेर बैठक टुंगिने जानकारी संसद सचिवालयले जनाएको छ । 

नेकपाको आन्तरिक विवादले कार्यव्यवस्था परामर्श समितिको बैठक समेत बस्‍न नसकेपछि संभावित कार्यसूची सभामुख अग्‍नी सापकोटाको निर्देशनमा हटाइएको हो। बैठक बस्‍नुअघि कार्यव्यवस्था परामर्श समिति बसेर सभा संचालनबारे सहमति गर्ने र कार्यसूचीलाई अन्तिम रुप दिने चलन छ। नेकपा विभाजित भए पनि कानुनी रुपमा विवादको टुंगो नलागेकोले संसद सचिवालयलाई पनि  बैठक व्यवस्थापन गर्न कठिन भएको छ।  

संसद पुर्नस्थापनापछि आज पहिलो पटक संसदको बैठक बस्दै छ । बैठक आज  दिउँसो ४ बजे बस्ने कार्यक्रम तय भएको छ। 

प्रतिक्रिया दिनुहोस