aarthiknews.com विहीबार, ०५ असार २०८२   Thursday, 19 June, 2025
 

नेकपा पार्टी न दाहाल-नेपालको रहयो न ओलीको

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २३ फागुन २०७७
नेकपा पार्टी न दाहाल-नेपालको रहयो न ओलीको

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पार्टीको नाम केपी ओली र प्रचण्ड नेपाल पक्षले नपाउने भएका छन् । आइतबार सर्वोच्च अदालतले पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी (नेकपा) राख्ने निर्वाचन आयोगको निर्णय खारेज गर्ने निर्णयसँगै दुबै पक्षको दावीमा नेकपा बाहिर गएको हो ।

 २०७५ सालमा ऋषि कट्टेलले नेकपा पार्टी आफ्नो नाममा दर्ता गरेका थिए । न्यायाधीशहरु बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले ऋषी कट्टेलको पक्षमा फैसला सुनाएको छ ।  

तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकीकरण भएपछि उक्त पार्टीको नाम नेकपा राखिएको थियो । सो विरुद्ध कट्टेलले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) आफ्नो भएको भन्दै निर्वाचन आयोग र अदालत दुबैतिर निवेदन दिएका थिए । 

प्रतिक्रिया दिनुहोस