
एजेन्सी । भारको केन्द्रीय सरकारले जीवन बीमा कर्पोरेसन (एलआईसी) को साधारण शेयर (आईपीओ) भन्दा पहिला ठूला परिवर्तनहरू गर्न तयारी गरिरहेको छ । सरकारले एलआईसीको अधिकृत पूँजी बढाएर २५ हजार करोड रुपैयाँ भारु बनाउने प्रस्ताव गरेको छ । सरकारले आगामी आर्थिक वर्षमा देशको सबैभन्दा ठूलो जीवन बीमा कम्पनीको आईपीओ ल्याउने योजना बनाइरहेको छ ।
हाल, एलआईसीका २९ करोड पोलिसीका साथमा चुक्तापुँजी १०० करोड भारु रहेको छ । एलआईसी १९५६ मा पाँच करोड भारुमा शुरु भएको जीवन बीमा कम्पनी हो । हाल एलआईसीको सम्पत्ति मूल्य ३१.९६ लाख करोडभन्दा बढी छ । जीवन बीमा निगम ऐन १९५६ को प्रस्तावित परिवर्तन अनुसार २५ हजार करोड रुपैयाँ भारुलाई अथोराज्ड शेयर क्यापिटल १० रुपैयाँ प्रति युनिटका दरले २५०० करोड शेयरमा विभाजन गरिने छ ।
सरकारले जीवन बीमा निगम ऐन १९५६ मा कूल २७ वटा परिवर्तनको प्रस्ताव गरेको छ। यी मध्ये एउटा एलआइसीको आईपीओ जारिपछि पहिलो पाँच वर्षसम्म सरकारको ७५ प्रतिशत शेयर रहनेछ । शेयर सूचिकृतको बर्ष पछि सरकारले आफ्नो हिस्सेदारीमा ५१ प्रतिशत गर्नेछ ।
प्रतिक्रिया दिनुहोस