
काठमाडौं । नेकपा एकीकरण खारेज भएपछि एउटा गुट परिवर्तन गरेर अर्को गुटमा लाग्नेहरु अप्ठ्यारोमा परेका छन् । यो निर्णयले तात्कालिन एमालेका माधव कुमार नेपाल पक्षलाई अप्ठ्यारो परेको छ ।
सो समूहलाई एमालेमै रहेर ओलीसँग संघर्ष गर्ने कि अलग हुने भन्ने समस्या छ । तात्कालिन एमालेमा ओली केन्द्रीय समिति देखि संसदीय दलमा पनि बहुमतमा छन् । अहिलेको प्रावधान अनुसार एमाले फुटाउन पनि दुवैतर्फ ४०/४० प्रतिशत चाहिन्छ, जुन माधव झलनाथ पक्षसँग छैन ।
तर, सबैभन्दा अप्ठ्यारो चाहिँ ओली पक्षमा लागेका तात्कालिन माओवादीका सांसदहरु छन् । गृहमन्त्री रामबहादुर थापा, खानेपानीमन्त्री मणि थापा, उद्योगमन्त्री लेखराज भट्ट, शहरी विकासमन्त्री प्रभु साह, टोपबहादुर रायामाझी, गाैरीशंकर चाैधरी जस्ता नेताहरुको भागाभाग हुने अवस्था देखिएको हो ।
तात्कालिन नेकपाले कारबाही गरेको अवस्थामा उनीहरु सांसद पदमा रहने छैनन् । सरकार टिकेकै अवस्थामा पनि उनीहरुको आयु बढीमा ६ महिना मात्रै हुनेछ ।
प्रतिक्रिया दिनुहोस