aarthiknews.com विहीबार, ०५ असार २०८२   Thursday, 19 June, 2025
 
सदनमा नाराबाजी

काँग्रेसद्वारा सदनमा नाराबाजी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २३ फागुन २०७७
काँग्रेसद्वारा सदनमा नाराबाजी

काठमाडौं । सरकारले ल्याएको अध्यादेश संसदमा पेश गर्न काँग्रेसले अवरोध गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट कानूनमन्त्री लीला श्रेष्ठले अध्यादेश पेश गर्न लाग्दा काँग्रेसले अवरोध गरेको हो ।

अवरोधपछि सभामुख अग्निप्रसाद सापकोटाले काँग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडलाइ बाेल्न समय दिएका थिए । उनले अध्यादेश असंवैधानिक रहेको भन्दै त्यसलाइ पेश हुनै नदिन माग गरेका थिए ।

तर अवरोधबीच अध्यादेश पेश गरेपछि काँग्रेसले सदनमै नाराबाजी गरेको छ । नाराबाजीपछि १० मिनेटका लागि संसद बै७क स्थगित भएको छ । प्रचण्ड माधव समूहले भने यअसघी नै संसद बैठक बहिस्कार गरेर बाहिरिइसकेको छ ।

प्रतिक्रिया दिनुहोस