aarthiknews.com विहीबार, ०५ असार २०८२   Thursday, 19 June, 2025
 

रोष्टम घेराउ गरेपछि आगमी २६ गतेसम्मलाई प्रतिनिधिसभा बैंठक स्थगित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २३ फागुन २०७७
रोष्टम घेराउ गरेपछि आगमी २६ गतेसम्मलाई प्रतिनिधिसभा बैंठक स्थगित

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश फिर्ताको माग गर्दै प्रतिनिधिसभाको रोष्टम घेराउ गरेपछि आगमी २६ गतेसम्मलाई प्रतिनिधि बैंठक स्थगित भएको छ । 

सरकारले ल्याएको संवैधानिक परिषदसम्बन्धी  अध्यादेश फिर्ता नलिएसम्म बैठक सुचारु हुन नदिने काँग्रेस सचेतक पुष्पा भुसाल बताएकी थिएन । त्यसपछि बोल्ने समय पाएका काँग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाणले अध्यादेश तुरुन्त फिर्ता गर्न माग गरे ।

उक्त अध्यादेश फिर्ता गर्नको सट्टा सभामुख अग्निप्रसाद सापकोटाले कानुन न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठलाई अध्यादेश पेश गर्न अनुमति दिएपछि काँग्रेसले रोष्टम घेराउ र  नाराबाजीमा उत्रेपछि सभामुखले प्रनिधिसभा स्थगीत गरेको सूचना जारी गरिएको छ ।  

प्रतिक्रिया दिनुहोस