
एजेन्सी । चीनले सन २०२१का लागि रक्षा बजेटमा वृद्धि गरेको छ । सन २०२१ का लागि २०० अबए डलरबाट बढाएर २०९ अर्ब डलर पुर्याएरको छ । चीनले सन २०२१को रक्षा बजेटमा ६.८ प्रतिशतले बढाएको छ । यो बजेट भारतको रक्षा बजेटभन्दा तीन गुणा बढी हो । भारतको रक्षा बजेट ६५.७ अर्ब(पेन्सन सहित) रहेको छ ।
चीनको सरकारी समाचार संस्था सिन्ह्वाका अनुसार यस वर्षको रक्षा बजेट १३५० अर्ब युआन अर्थात २०९ अर्ब अमेरिकी डलर बराबरको रहेको उल्लेख गरेको छ । चीनको रक्षा बजेट अमेरीकोभन्दा एक चौथाई रहेको छ । अमेरिकाको रक्षा बजेट ७४०.५ अर्ब डलर रहेको छ ।
विश्वभरीको रक्षा क्षेत्रमा छुट्याएको बजेट १९१७ अर्ब डलर रहेको छ । सिप्रीको रिपोर्टका अनुसार २०१९मा विश्वभरीको रक्षा बजेट १९१७ अर्ब डलर रहेको उल्लेख गरेको छ । सन २०१८ कोभन्दा ३.६ प्रतिशतले बढ्दै आएको छ । यसमा शिर्षक पाँच देशले १.९१७ अर्ब डलरको ६२ प्रतिशत हिस्सा ओगट्ने गरेका छन् ।
प्रतिक्रिया दिनुहोस