aarthiknews.com विहीबार, ०५ असार २०८२   Thursday, 19 June, 2025
 

भीम रावललाई प्रधानमन्त्री ओलीको जवाफ- तपाईं कुन पार्टीको हो भनेर सोध्नु नपरोस्

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २४ फागुन २०७७
भीम रावललाई प्रधानमन्त्री ओलीको जवाफ- तपाईं कुन पार्टीको हो भनेर सोध्नु नपरोस्

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दाहाल-नेपाल समूहका नेता भीम रावललाई सर्वोच्च अदालतमा गएर कुन पार्टीको प्रधानमन्त्री हो भनेर सोध्न आग्रह गरेका छन् । सोमबार अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।  

आइतबारदेखि सुरु भएको प्रतिनिधिसभा बैठकमा सांसद भीम रावलले ‘प्रधानमन्त्री कुन पार्टीको हो ?’ भनेर प्रश्‍न गरेका थिए । रावललाई जवाफ दिँदै प्रधानमन्त्री ओलीले भने, ‘हुँदाहुँदा प्रधानमन्त्री कुन पार्टीको हो जानकरी पाउँ रे । सर्वोच्च अदालत जाउ कुन पार्टीको हो भन्ने जानकारी लिन । मैले उहाँहरुलाई सोध्न नपरोस् तपाईं कुन पार्टीको हो ? मलाई साधारण सदस्यबाट पनि निकाल्नु भएको थियो । अदालतले भनेको पनि नसुन्ने । देख्नै नसक्ने, देख्नै नखोज्ने, सुन्नै नखोज्ने ।’  

प्रतिनिधि सभा बैठक स्थगित भएकोमा पनि प्रधानमन्त्री ओलीले कटाक्ष गरे। ‘मुद्दा मामिला गरेर संसद पुनर्स्थापना किन गर्‍या रैछ त भन्दा उफ्रिन नाराबाजी गर्ने रैछ, कम्तिमा मेरो मेख मार्न भए पनि पहिलो बैठक राम्ररी चल्न दिनुपर्छ।’ उनले संसदमा यस्तै हुन्छ भनेर आफूले प्रतिनिधि सभा विघटन गरेको तर्क गरे।

प्रतिक्रिया दिनुहोस